वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, सीजीले गर्‍यो क्यानलाई ६० लाख सहयोग

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई रू. ६० लाख सहयोगको घोषणा गरेकाे छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप सिजीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो । सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

वाइ वाइको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीको छ ।

यसअघि नै वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here