१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।

सरकारी खर्च गत आर्थिक वर्षको पहिलो १० महिनामा १५.३ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९२ अर्ब ४५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले सार्वजनिक विवरणमा छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८३१ अर्ब ९३ करोड रुपैयाँ भएको विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षको पहिलो १० महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.० प्रतिशतले बढेको बैंकले देखिएको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको बैंकले जनाएको छ ।

प्रदेश र स्थानीय तहसहित २०८१ वैशाख मसान्तमा सरकारको बैंक खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेका राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here