शेयर बजार स्थिर, २१ करोडको कारोबार

काठमाडौं, ९ असोज । साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । विहिवार नेप्से परिसूचक १.७३ अंकले घटेर १ हजार १ सय २९.८० अंकमा झरेको छ । विज्ञहरुले यसलाई स्थिर भनेका छन् ।

विहिवार ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो गाग्यो । सेन्सेटिभ इन्डेक्स ०.३९ अंकले घटेर २ सय ४७.३२ अंमा झरेको छ ।

विहिवार १ सय ६८ कम्पनीको ७ लाख ९९ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा २१ करोड २५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सामुहिक लगानी कोष, जीवन बिमा, जलविद्युत र होटल बाहेक अन्य सबै समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.६२ प्रतिशतले घट्यो । त्यस्तै, उत्पादन क्षेत्रको ०.४१ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै साइनर्जि पावर डेभलभमेन्टका शेयर धनीले कमाए । साइनर्जिको शेयर मूल्य ७.४६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइईड्रोपावर डेभलभमेन्ट कम्पनीका शेयर धनी छन् । जोशी हाइईड्रोपावरको शेयर मूल्य ५.२६ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले १ करोड ९४ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here