नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक

काठमाडौं । विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे।

अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि यो गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।

यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल व्यहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पराजित भयो ।

समूह एचको शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । अब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here