चैत्र दोस्रो साताबाट नेपालमा ८ औं अन्तर्राष्ट्रिय व्यापार मेला

क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक क्यालेन्डरअनुसार आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत १४ देखि १८ गतेसम्म संचालन हुने भएको छ । काठमाडौंको भृकुटिमण्डपमा मेला आयोजना हुने महासंघद्धारा आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो । मेलाका लागि स्टल बुकिङ खुला भएको महासंघले उल्लेख गरेको छ । यस वर्षको मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा स्टल बुक भइसकेको महासंघको भनाई छ । नेपाली हस्तकला र एनटीआईएस वस्तुका ५० स्टल समेत बुक भइसकेको बताइएको छ ।

मेलालाई नेपाल सरकार÷वाणिज्य मन्त्रालयले सहयोग गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गरेको मेला ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा हुन लागेको हो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौं संस्करण हो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न मेला प्रभावकारी माध्यम बनेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । महासंघका अनुसर मेलामा कूल ३०० भन्दा बढी स्टल रहनेछन् । मेलामा नेपाल सहित सार्क मुलुक, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशले भाग लिने कार्यक्रम छ ।

के हो मेलाको आकर्षण ?
हस्तकलाका उत्पादन, एनटीआइएस प्रडक्ट, अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षालगायत क्षेत्रका छुट्टाछुट्टै स्टल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here