राष्ट्रपति पौडललाई जेनेभामा राजदूत सुवेदीले गरे स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा राष्ट्रपति पौडेललाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले स्वागत गरेका छन् । आजै स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले बिहीबार (भोलि) अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ग्लोबल कोलिसन फर सोसल जस्टिस’को उद्घाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर रोयल डच एयरलान्सबाट असार १ गते जर्मनीको बर्लिन पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here