अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

काठमाडौं। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको छ ।

यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रुपैयाँ ९७ पैसा पुगेको थियो । राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ ४१ रुपैयाँ तोकेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here