अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने

काठमाडौं । अब अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको कर तिर्नु नपर्ने भएको छ ।

सरकारले आयकर नियमावली संशोधन गर्दै तलबी कर्मचारीले अवकोस कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गरेको हो ।

यसअघि वार्षिक ३ लाखसम्म करयोग्य आयबाट घटाउन पाउने व्यवस्था थियो । करयोग्य आय घटाउन मिल्ने रकमको सीमा बढाउँदा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत अवकास कोषका योगदानकर्ताहरु लाभांन्भित हुने छन् ।

उनीहरुले योगदान कोषमा रकम जम्मा गर्दा वार्षिक ५ लाख रुपैयाँ वा कर निर्धारण योग्य आयको एक तिहाइ जुन घटी हुन्छ सो रकम आफ्नो करयोग्य आयबाट घटाउन सक्ने छन् । उदाहरणका लागि वार्षिक १५ लाख बढी तलब खाने कर्मचारीले आफ्नो आम्दानीबाट ५ लाख घटाइ १० लाखको मात्र करि तिर्नुपर्नेछ ।

यो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ । हाल करदाताको आफ्नो आम्दानी अनुसार न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३९ प्रतिशतसम्म स्ल्याब अनुसार आयकर तिर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here