सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।

ई–गेट पास प्रणाली लागूभए सँगै सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ ।

अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन् । गेटमा सुरक्षाकर्मीले क्युआर कोड स्क्यान गरेर प्रवेश दिन सक्नेछन् । प्रयोजन खुलाएर सिंहदरबार पास डट जीओभी डट एनपीमा पास अप्लाइ गर्न सकिन्छ ।’ प्रवेश चाहनेले आइडी र फोटो अपलोड गर्नुपर्छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताए । ‘अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन सिंहदरबार छिर्नका लागि । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here