आजदेखि दशैका नयाँ नोट बजारमा, कहाँबाट पाइन्छ सटही सुविधा ? (सूचिसहित)

काठमाडौं १० असोज । दशै र तिहारलाई लक्ष्यित गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दैछ ।

राष्ट्र बैंकले तोकेका विभिन्न बैंक का शाखाबाट नयाँ नोट साट्न सकिने भएको छ । सर्वसाधारणले काठमाडौंमा बालुवाटार स्थित राष्ट्र बैंकको कार्यालय तथा तोकिएका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट नयाँ तथा सुकिला नोट सटही गर्न सक्ने भएका छन् ।

यो वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउछन ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सोही दरले नयाँ नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ । नागरिकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गएर पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नागरिकले नयाँ नोट साट्न सक्नेछन । पाँच सय र हजार दरका नोट भने आवश्यकता अनुसार सटही गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।

काठमाडौंमा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही हुने भएको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकि र बालाजु शाखाबाट पनि नयाँ नोट पाइने छ ।

कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र रत्नपार्क शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट वितरण गरिएको थियो । अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here