काठमाडौं । अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुगेको छ ।आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ ।
यसैगरी आजको लागि युरोपियन युरो एमको खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो । बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।