टी-२० विश्वकपः ‘सुपर-८’ को समीकरण टुंगियो, भारत र अष्ट्रेलिया एकै समूहमा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको ‘सुपर-८’ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम ‘सुपर-८’ मा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् ।

‘सुपर-८’ मा भारत, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया, अमेरिका, इङ्गल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।

‘सुपर-८’ को समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

दुई समूहमा रहेका देशले एक अर्कासँग एक–एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

खेलहरु बुधबारदेखि शुरु हुनेछन् । बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका खेल्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here