किन अकाशियो प्याजको मूल्य ? यस्तो छ कारण

काठमाडौं, १० असोज । पछिल्लो समय प्याजको मूल्यले आकाश नै छोएको छ भन्दा कम नहोला ।

पछिल्लो १५ दिनको मात्रै तुलना गर्ने हो भने प्याजको मूल्य तेब्बर वृद्धि भएको छ । गत भदौ २५ गते ३८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको प्याजको मूल्य असोज ९ गतेसम्म आइपुग्दा १ सय १५ रुपैयाँ कटेको छ । यो मूल्य वद्धिलाई प्रतिशतमा हेर्दा झण्डै २०३ प्रतिशत हुन आउँछ ।

यसकारण बढ्यो प्याजको भाउ

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ भारतीय बजारमा पनि प्याजको अभाव भएको कारण त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको बताउँछन् ।

‘भारतीय बजारमा पनि अहिले प्याजको अभाव छ’ उनले भने ‘त्यसकारण त्यहाँ पनि प्याजको मूल्य प्रतिकिलो ७०÷८० रुपैयाँ छ । त्यसको प्रत्यक्ष असल नेपाली बजारमा देखिएको हो ।’

नेपाली उत्पादनले केही समयको लागि पुग्ने कारण धेरै मात्रामा प्याज भारतबाटै आउने गरेको छ । हाल भारतमा स्वदेशकै लागि प्याजको अभाव भएकाले त्यसको निर्यात स्वाभाविकरुपम घटेको छ ।

‘भारतबाट नै कम मात्रामा प्याज आयात भएको छ’ श्रेष्ठले भने ‘थोरै मात्रामा आएको छ त्यसकारण मूल्य धेरै पर्न गएको हो ।’

अब प्याजको मूल्य बढ्दैन

दशैं आउँदै छ के अझै बढ्छ प्याजको मूल्य ? भन्ने प्रश्नमा उप निर्देशक श्रेष्ठले यो भन्दा धेरै प्याजको मूल्य वृद्धि नहुने बताए ।

‘अब बिस्तारै प्याजको मूल्य पनि घट्दै जान्छ’ उनले भने ‘यो भन्दा धेरै मूल्य बढ्ने ठाउँ छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here