चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा

क्वाउडपत्रिका
काठमाडौं, १३ फागुन
चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा ल्याएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रममार्फत कम्पनीले ‘माल्टोजीङ्ग’ आधिकारिक रुपमा सार्वजनिक गरेको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीले उक्त उत्पादन सार्वजनिक गरेका हुन् । यो उत्पादन गुणस्तर र मूल्यका आधारमा पनि बजारमा उपलब्ध अन्य उत्पादनको तुलनामा प्रतिस्पर्धी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) होम न्यौपानेले बताए ।


नेपालमा कुपोषणको समस्या हल गर्न चौधरी ग्रुपको उत्पादन सहयोगी हुने उनको भनाई छ । यसमा मल्टिभिटामिन र मिनरल्स समिश्रण गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अहिले क्लासिक माल्ट र चकलेटको स्वादमा आफ्ना उत्पादन सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here