पूर्वका यी नदीमा छ बाढीको जोखिम

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशको पूर्वी क्षेत्रमा बाढीको जोखिम बढेको छ। पूर्वका कतिपय स्थानमा त बाढीले क्षतिसमेत पुर्‍याउन थालेको छ।

मंगलबार पनि पूर्वी क्षेत्रका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here