दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा पुगेको हो ।

यसदिन ३१८ कम्पनीको ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँ बराबरको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ ।

आज बरुण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड २७ लाख रुपैयाँको ३ लाख ६२ हजार १२४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका मध्ये ४० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

घट्दो बजारमा समाज लघुवित्तको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here