आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै सार्वजनिक भएको वरीयतामा केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ ।

नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ कुशल भुर्तेलले सबैभन्दा ठूलो छलाङ मारेका छन् । पहिलोपटक टप सयभित्र परेका उनी ४३ औं स्थानको सुधार गरी ७० औँ स्थानमा आएका छन् ।

यस्तै अलराउन्डरतर्फ टप टेनमा अटाएका नेपालका एक मात्र खेलाडी दीपेन्द्रसिंह ऐरीले पनि तीन स्थानको सुधार गर्दै ६ औँमा स्थान बनाएका छन् । उनले भारतका हार्दिक पांड्या, इंग्ल्यान्डका लियम लिंग्वेस्टन र मोइन अलीलाई पछाडि पारेका हुन् ।

पाँचौँ स्थानमा रहेका जिम्बाब्बेका सिकन्दर राजाभन्दा उनको अंक ११ मात्र कम छ । उनी आईसीसीले अर्कोपटक वरीयता जारी गर्दा टप ५ मा पर्ने सम्भावना देखिएको छ । उनी क्रिकेटका कुनै पनि वरीयतामा टप टेनभित्र पर्ने नेपालका एक मात्र खेलाडी हुन् ।

अलराउन्डरतर्फ कप्तान रोहित पौडेल पनि ११ स्थान सुधार गरी ५५ औं स्थानमा आएका छन् । कुशल मल्ल १ स्थान खस्किएर ३६ औँ, करण केसी ६ स्थान खस्किएर ७५ औँ र गुल्सन झा पनि ६ स्थान खस्किएर ६८ औँ स्थानमा झरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here