झिनो अंकले बढ्यो नेप्से, कारोबार ३ अर्ब ४० करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ बराबरको ७२ लाख ९ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here