टी-२० विश्वकप: इङ्ल्याण्डको सहज जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ मा इङ्ल्याण्डले सहज जित हासिल गरेको छ ।

दोस्रो चरणको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्ट इण्डिजलाई ८ विकेटले हराएको हो । वेस्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इङ्ल्याण्डले सहजै पूरा गरेको हो ।

इङ्ल्याण्डका लागि विष्फोटक ब्याटिङ गरेका फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको मद्तमा नटआउट ८७ रन बनाए। जोनी बेयरस्टोले नटआउट ४८ रन बनाउँदा पाँच चौका र दुई छक्का हिर्काए। कप्तान जोस बटलर २५ रनमा आउट हुँदा मोइन अलीले १३ रन जोडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here