युवा उद्यमी पाण्डे बने सिटिजन्स बैङ्कको डाइरेक्टर

काठमाडौं, १० असोज । युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्कको बोर्ड अफ डाइरेक्टरमा चुनिएका छन् ।

उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइसकेका थिए भने बैङ्कमा पहिलो पटक डाइरेक्टरमा चुनिएका हुन् ।

उत्पादनमुलक उद्योगमा सक्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति रहेको छ भने विभिन्न बैङ्क, बिमा कम्पनीमा पनि उनको लगानी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेका पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले सिटिजन्स बैङ्कको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा डाइरेक्टर छन् ।

इस्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् । त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरक्टरकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here