अब विद्यार्थीले इन्टर्नसिप गर्दा पारिश्रमिक पाउने

काठमाडौं । इन्टर्नसिप गर्दा अब पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्टर क्याम्पसका विद्यार्थीले पारिश्रमिक पाउने भएका छन्।

बिहीबार ६ वटा विभिन्न निर्माण र वायुसेवा कम्पनीहरुसँग विद्यार्थीहलाई इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो। नेपाली काँग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीनवटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा यसलाई अघि बढाइएको संघका सभापति दुजाङ शेर्पाले जानकारी दिए।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख डा. इन्द्रप्रसाद आचार्यले त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरुले अनिवार्य इन्टर्न गर्नुपर्ने प्रावधान रहेको भन्दै न्यूनतम पारिश्रमिक दिंदा राम्रो हुने धारणा राखे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here