११ महिनामा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँको व्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक ११ महिनामा नेपालले १४ खर्ब ५३ अर्ब बढीको वस्तु आयात गरेको छ। सो अवधिमा १ अर्ब ३९ अर्ब रुपैयाँको मात्रै वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ ।

आयातको तुलनामा निर्यात निकै कम हुँदा देशले गर्दा उक्त व्यापारघाटा व्यहोर्नुपरेको हो ।

त्यसो त चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात व्यापार दुबै ओरालो लागेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालको आयात व्यापार १।दशमलव ८४ प्रतिशतले घट्ेको छ । त्यस्तै निर्यातमा ३ दशमलव ०१ प्रतिशतले कमी आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here