दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here