स्वदेश फर्किए सन्दीप, भने-धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो’

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् ।

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं । तर, राम्रो भयो’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here