समाजवाद उन्मुख बजेट ल्याएका छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।

काठमाडौंमा नेकपा ९माओवादी केन्द्र० अछाम(काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए । उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए ।
सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए । उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताए । मानिस धनी हुनेमात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा निर्देशन भएर कृषि, पर्यटन, जलविद्युत्, आइटी र उत्पादनमूलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुन सक्छन्, उनले भने, सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौं ।

सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्छ भनेर लगानीकर्तालाई आहृवान गरेका छौं । उनले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here