चितवनमा कुटिए ज्ञानेन्द्र शाही

चितवन, ११ असोज । ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट भएको छ । चितवनमा उनको समूहले कार्यक्रम राखेको थियो ।

सत्तारुढ दल नेकपाआवद्ध विद्यार्थी संगठनले राजावादीको कार्यक्रम विथोल्ने भन्दै उनीमाथि हातपात गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्हरीले उद्दार गरी सुरक्षित राखेको छ । उक्त अभियानले चितवनको चौबिसकोटीमा शनिबार खबरदारी सभा राखेको थियो ।

राजाको समर्थनमा यूट्यूवमा चर्चित रहेका शाही पछिल्लो समय पर्यटन मन्त्री योगेश भट्टराईलाई जहाज भित्रै अपमान गरी चर्चामा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here