युरोकप: इटाली अन्तिम १६ मा

एजेन्सी । जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो । खेलमा इटालीका लागि माटिया जाकाग्नी र क्रोएसियाका लुका मोड्रिचले एक–एक गोल गरेका थिए । यो बराबरीसँगै इटाली ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । शतप्रतिशत नतिजा निकाल्दै स्पेन ९ अंकसहित शीर्षस्थानमा छ । स्पेन यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसियाको २ र अल्बानियाको १ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here