काठमाडौं महानगरभित्र दुई घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पार्किङ क्षेत्रमा २ घण्टासम्म सवारी पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ ।

प्रस्तावित आर्थिक ऐन अनुसार सबै प्रकारका सवारी साधन पहिलो दुई घण्टा शुल्क नलागने व्यवस्था गरेको हो।

पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ। अपांगता भएका व्यक्तिको सवारी साधन शुल्क नलाग्ने प्रस्ताव गरेको छ। यो व्यवस्था आगामी साउन १ गतेबाट लागू हुने महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here