१९०१ दिनपछि जुलियन असान्ज जेलमुक्त, निजी विमानमार्फत उडेपछि संसारभरिबाट ‘ट्रयाकिङ’

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट छुटेका छन् । कैयौँ वर्षसम्मको कानुनी लडेका ५२ वर्षीय असान्ज अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी छुटेका हुन् ।

अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका उनी पछिल्लो समय बेलायतको जेलमा थिए ।

विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाएको छ । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए ।

अष्ट्रेलियाई मूलका असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए ।

खासगरी इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उनले उजागर गरेका थिए । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा चुकाइ भनिएको थियो । पाँच वर्ष बिताएका विकिलिक्सका संस्थापक जुलियन असान्ज स्ट्यान्स्टेड विमानस्थलबाट कता उडे भन्ने बारेमा कसैले केही बताइएको छैन । उनी निजी विमानमार्फत त्यहाँबाट उडेका हुन् ।

उनको विमान कता जान्छ भनेर संसारभरिबाट ‘ट्रयाकिङ’ भइरहेको जनाइएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न उडेको उक्त विमान बैंककतर्फ लागेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here