पाकिस्तानी प्रधानमन्त्री चढेको जहाज आकस्मिक अवतरण

न्यूयोर्क, ११ असोज । अमेरिकाबाट पाकिस्तानका लागि उडेको जहाज न्यूयोर्कमै आकस्मिक अवतरण गरेको छ । यो जहाजमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान चढेका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । जहाज न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमै फर्किएर अवतरण गरेको थियो ।

प्रधानमन्त्री एक रात होटेलमै बस्ने भएका छन । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा जहाजको आकस्मिक अवतरण गर्नु परेको हो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here