अर्थमा सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कता पुर्याइयो ?

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् ।

त्यस्तै प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

सुशीला अर्याल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशक तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here