चिलीलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १-० ले पराजित गर्‍याे। यसअघि अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई २-० ले हराएको थियो।

लगातार दोस्रो जितसँगै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गर्दा उसका स्टार खेलाडी लियोनल मेसीको प्रदर्शन उत्कृष्ट रह्यो। अन्तिम खेल बाँकी हुँदै समूह ‘ए’ बाट क्वाटरफाइनल प्रवेश गरेपनि समूह विजेताको तय भने अन्तिम खेलपछि हुनेछ। जारी प्रतियोगितामा क्वाटरफाइनल पुग्ने अर्जेन्टिना पहिलो टोलीसमेत बन्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here