६ सय रुपैयाँले घट्यो सुनको भाउ, ७० हजार २ सयमा कारोबार

काठमाडौं, १२ असोज । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

अघिल्लो दिन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ६ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि ६ सय रुपैयाँले कमी आएको छ । अघिल्लो दिन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतवार ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । कारोबार भएको अघिल्लो दिन प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार ८ सय ४५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here