लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनीहरूले बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले बताएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँससहित २९ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here