प्रधानमन्त्रीसँग कुरा गर्ने बार्गेनिङका लागि जहाज अपहरण

क्लाउडपत्रिका
२४, फेब्रुअरी (आइतबार) साँझ एकाएक संसारभर खबर फैलियो, बंगलादेशी सरकारी स्वामित्वको बिमान बंगलादेश अपहरणमा पर्यो । बंगलादेशको राजधानी ढाकाबाट चालक दल सहित १४८ यात्रु लिएर दुबईका लागि उडेको जहाज भित्र एक हतियारीधारी यात्रु पनि थिए । उनले जहाज अपहरण गर्न खोजे । लगत्तै चालकले जहाजलाई बंगलादेशेको चित्तगोंग शहरस्थित शाह अमनत इन्टरनेशनल एयरपोर्टमा आपतकालिन अवतरण गरिएको थियो । त्यतिन्जेल पाइलटले कन्ट्रोल टावरलाई जहाज अवतरणमा परेको बताएका थिए ।

त्यसपछि बंगलादेशी सुरक्षा फोर्सको टोलीले विमानस्थललाई पुरै घेरावन्दी गरेको थियो । जहाजलाई विमानस्थलमा अवतरण गराइसकेपछि सुरक्षा फौजले सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकाल्यो । त्यसपछि जहाज बाहिर सुरक्षा फौजले कारवाहीको पुरै तयारी गर्यो । सुरक्षा फौजले अपहरणकारीलाई आत्मसमर्पण गर्न आग्रह गरेको बताइएको छ । तर, उनले मानेन् । करीव ८ मिनेटसम्म सुरक्षाफौजसँग उनी भिडे । तर, अन्त्यमा सुरक्षाकर्मीको कारवाहीमा घाइते भए । बंगलादेशी संचारमाध्यमहरुका अनुसार सुरक्षाकर्मीले घाइते अवस्थामा पक्राउ परेपनि पछि उनको निधन भयो ।

संचारमाध्यमहरुले उल्लेख गरे अनुसार विमान अपहरणको असफल प्रयास गरेका उनले पटक पटक आफूले प्रधानमन्त्री सेख हसिनासँग कुरा गर्न चाहेको बताएका थिए । अपहरणकारी बंगलादेशी नागरिक मेहदी थिए । उनी २५ वर्षका थिए । विमानमा सवार यात्रुलाई उदृत गर्दै बंगलादेशी संचारमाध्यमहरु लेख्छन, उनले पाइलटलाई पेस्तोल ताक्दै आफ्नो पत्निसँग झगडा भएको र त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न चाहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here