रामबहादुर बम्जनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमबार सजाय निर्धारण गरेको हो। बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१)की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बम्जन विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। उनी विरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो। मुद्दा दर्ता भएपछि बम्जन भागेका थिए। उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here