देउवा र ओलीलाई बालेनको व्यङ्ग्य-‘यो समय गिरिबन्धु चियाको हो’

काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।

उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको समेत उल्लेख गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसका केही नेताले विरोध गरे पनि यसमा एमाले,माओवादी र रास्वपाले समर्थन गरेको उनको भनाई छ । यस विधेयकमा अब कांग्रेसले सहमति जनाउने र राजस्व र माओवादीले चर्को विरोध गर्ने भन्दै उनले यसलाई सत्ता स्वार्थका रुपमा अर्थाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here