नुनको मूल्‍य बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ ।

न्यू शक्ति नुनलाई उपभोक्ताले प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here