राष्ट्र बैंकले रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा सम्बन्धी नयाँ सम्झौताको आवह्वान

काठमाडौं। नेपाल राष्ट्र बैंकले पैसा सापटी लिने र अधिक हुँदा राख्न पाउने सुविधा उपयोग गर्नका लागि नयाँ सम्झौता गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। तरलता न्यून भएकोले यस्तो आग्रह गरेको होे ।

केन्द्रीय बैंकले सोमबार सूचना निकालेर रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोगका लागि माष्टर रिपर्चेज एग्रिमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गर्न वित्तीय संस्थाहरुलाई आग्रह गरेको हो।

राष्ट्र बैंक खुल्ला बजार कारोबार विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाहरुले रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोगका लागि माष्टर रिपर्चेज एग्रिमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गर्नुपर्छ।

राष्ट्र बैंकले नयाँ सम्झौताका लागि आग्रह गरेको हो। यसका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न भनिएको छ। यसअघि गरेको सम्झौता असार मसान्तमा सकिंदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here