कोपा अमेरिकाको फाइनलमा पुग्यो अर्जेण्टिना

काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २९० ले विजयी भयो । अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here