नेप्से २२ सय अंक माथि

काठमाडौं । करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो ।

अघिल्लो दिनको तुलनामा नेप्से २९।२१ अंक बढेको हो । यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । लगानीकर्ताले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए ।

आज कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड पुग्यो । १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन पनि जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै बढे ।

जीवन बीमा समूह ३.०६ प्रतिशत तथा बैंकिङ २।४२ प्रतिशत बढ्यो । अंकमा बैंकिङ २८, विकास बैंक ७, फाइनान्स ७, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ३७, जीवन बीमा ३१८, उत्पादन ४, निर्जीवन बीमा १११ र अन्य समूह २५ ले बढे । माइक्रोफाइनान्स २५ र व्यापार समूह ११ अंक घटे ।

बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जानाकी फाइनान्सको ८.७, प्रभु महालक्ष्मी लाइफको ७, मध्यभोटेकोशीको ५.५, हिमालयन बैंकको ५.५, माउन्टेन हाइड्रोको ५.४ प्रतिशत मूल्य बढ्यो । समाज लघुवित्तको मूल्य ४.५, साधना लघुवित्तको ४.५, आत्मनिर्भर लघुवित्तको मूल्य ३.६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here