सुन प्रतितोला डेढ लाख , कहिलेसम्म बढ्ला भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ आजसम्मकै सबैभन्दा बढी बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला डेढ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको हो । विगत केही दिनयता सुनको भाउले दिनदिनै नयाँ रेकर्ड राखिरहेको छ । यसअघि मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here