सामान्य बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

आईतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here