शेयर बजारमा सुधार, नेप्से साढे १० अंकले बढ्दा १७ करोडको कारोबार

काठमाडौं, १३ असोज । साताको पहिलो दिन अर्थात आइतवार ओरालो लागेको शेयर बजारमा सोमवार सुधार देखिएको छ ।

सोमवार नेप्से परिसूचक १०.४२ अंकले बढेर १ हजार १ सय ३५.५६ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.९३ प्रतिशत बढि हो ।

सोमवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखिएको छ । सेन्सेटिभ इन्डेक्स ०.६८ अंकले बढेर २ सय ४७.०२ अंकमा पुगेको छ ।

सोमवार १ सय ५७ कम्पनीको ६ लाख ३३ हजार ९ सय ५१ कित्ता शेयर किनबेच हुँदा १६ करोड ८८ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार अन्य समुह बाहेक अरु सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो । होटलको सूचक २.६८प्रतिशत बढ्यो ।

त्यस्तै, जलविद्युतको २.२० प्रतिशत, उत्पादन क्षेत्रको १.६३ प्रतिशत, र्निजीवन बिमाको १.६० प्रतिशत, जीवन बिमाको १.४५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सोमवार सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका शेयर धनीले कमाए । यूनियनको शेयर मूल्य ५.८८ प्रतिशत बढ्यो । त्यस्तै, सान्जेन जलविद्युत कम्पनीको ५.५२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा माउन्टेन हाइड्रोका शेयर धनी रहेका छन् । माउन्टेन हाइड्रोको शेयर मूल्य ३.७० प्रतिशत घट्यो । त्यस्तै, आँखुखोला जलविद्युतको ३.६३ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै काराचेबार गर्नेमा सनराईँज बैंक रहेको छ । बैंकले २ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here