नेप्सेमा दिनभर उतारचढाव, २५ सय नाघेको बजार अन्तमा २४८८ मा बन्द भयो

काठमाडौं । सोमबार सेयर बजारमा दिनभर उतारचढाव देखियो । नेप्से आज तीन पटकसम्म २५ सय अंक नाघेको छ । अन्तमा भने २४८८ अंकमा झरेर बन्द भयो ।

कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंक पुगेको थियो । तर फेरी ओरालो लागेको नेप्से सवा १२ बजे सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २:२७ बजे २५०१ अंकमा फेरी पुगेको थियो । बजार २४८८ अंकमा बन्द भएको हो ।

आज कारोबार रकम भने केही घटेको छ । आज ३ अर्ब ९१ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here