६ वटा उद्योगको काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने भएको छ । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । घिसिङले निर्देशनको अवज्ञा गरे । आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो ।

तर सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here