खानेपानीको कारण पनि हुन्छ क्यान्सर, आर्सेनिक मुख्य कारक

काठमाडौं । तपाईंलाई थाहा छ हामीले दैनिक प्रयोग गर्ने पिउने पानीका कारण पनि क्यान्सर हुन सक्छ ।

धेरैलाई लाग्छ जारको पानी खाए पछि पानीका कारण हुने धेरै समस्याबाट जोगिन सकिन्छ । तर जारको पानी खाए पनि खानेपानीमा हुने केही यस्ता तत्वहरु हुन्छन् जुन हाम्रो शरीरमा क्यान्सर पैदा गर्न सक्छन् ।

क्यान्सर हुने विभिन्न कारक तत्वहरुमा खानेपानी पनि एक तत्व हो । केही समयअघि भएको अध्ययन अनुसार दुषित पानीमा भएका तत्वहरुले हाम्रो शरीरमा क्यान्सर जन्माउन सक्छन् ।

तपाईंले पिउने पानी शुद्ध छ त ?

यो समाचार पढ्दै गर्दा तपाईंको मनमा आउन सक्छ, के मैले पिउने पानी शुद्ध र सुरक्षित छ त ?

काठमाडौं उपत्यकामा धेरैजसो जारको पानी पिउने गरिन्छ । यसका साथै ट्याङ्कर, पाईंप तथा ट्युवेलबाट आएको पानी पनि उत्तिकै प्रयोग गरिन्छ ।

‘इनभारोमेन्टल वर्किङ्ग गु्रप’ (ईडब्ल्युजी) ले भर्खरै गरेको एक अनुसन्धानले पानीमा पाईने विभिन्न प्रकारका तत्वहरु जसले कस्तो कस्तो असर पार्छ भन्ने खोज गरेको छ ।

उसका अनुसार पानीमा हुने विभिन्न २२ प्रकारका तत्वहरुमा क्यान्सर हुने लक्षण पाईन्छ । अबको केही समयपछि १ लाख भन्दा धेरै मानिसहरुमा अशुद्ध पानी खाएको कारण क्यान्सर हुन सक्ने संभावना ईडब्ल्युजीले देखाएको छ ।

पानीमा भएको ‘आर्सेनिक’ क्यान्सर बनाउने मुख्य कारण हो । यसका साथै पानी शुद्ध बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका केमिकलले पनि क्यान्सर पैदा गर्छन ।

तपाईंले खाने पानीमा कति छ आर्सेनिक ?

आर्सेनिक यस्तो तत्व हो, जुन पानीमा प्राकृतिक रुपमा नै रहेको हुन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार प्रतिलीटर पानीमा १० माइक्रोग्राम भन्दा धेरै आर्सेनिक पाईन्छ ।

तर आर्सेनिकका कारण हुने क्यान्सर देखिन भने लामो समय लाग्न सक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here