११ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फाइलफोटो

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here