ग्लोबल आईएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेबाट पदभार सम्हाल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई सीइओ बनाउने निर्णय गरेको हो।

उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा थिए। रेग्मीले आगामी भदौ १ गतेबाट सीइओको पदभार सम्हाल्ने छन्।

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here