नेपालले मङ्गलबार जिम्बावेसँग खेल्ने, अंक तालिकामा नेपालमा शिर्ष स्थानमा

काठमाडौं, १३ असोज । नेपालले सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ ।

पहिलो खेल जिम्बावेसँग ५ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो ।

मंगलवार सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ ।

सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाल, जिम्बावे र आयोजक सिङ्गापुरले समान २/२ खेलमा १ खेलमा जित र एक खेलमा हार सहित दुई–दुई अङ्क जोडेका छन् ।

आइतवार सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेसंगै अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

खेल नेपाली समयअनुसार मंगलवार साँझ ५ः१५ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here